थप समाचारशुक्रबार, चैत्र १२, २०७२

युवतीलाई ‘ब्ल्याकमेलिङ’ गर्ने युवक पक्राउ

हिमालखबर

फेसबुकमार्फत चिनजान गरेर युवतीमाथि दुर्व्यवहार गर्ने एक युवकलाई प्रहरीले हेटौडाबाट पक्राउ गरेको छ ।

chaudharyहेटौंडा–८ कमाने बस्ने निरजकुमार चौधरीलाई प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्यूरो (सिआइबी)ले स्थानीय बुद्धचोकबाट १२ चैतमा पक्राउ गरेको हो ।

निरजबाबा उपनामले चिनिने चौधरीले फेसबुकबाट साथी बनेकी युवतीलाई काठमाडौंको एक रेष्टुरेन्टमा लगेर नशालु पदार्थ खुवाई उनको आपत्तिजनक फोटो खिचेको सिआइबीले जनाएको छ ।

प्रहरीका अनुसार चौधरी रोजगारीको शिलशिलामा साउदी अरव बस्दा ती युवतीसँग फेसबुकमार्फत मित्रता बढाएको र फर्केपछि उनीहरुबीच हिमचिम थप बढेको थियो ।

ती युवतीको अश्लिल फोटो खिचेपछि चौधरीले युवतीलाई ‘ब्ल्याकमेलिङ’ गर्दै शारीरिक सम्बन्ध राख्न दबाब दिंदै आएका थिए ।

पक्राउ परेका चौधरीलाई बिद्युतीय कारोबार ऐन, २०६३ अनुसार कार्वाही अघि बढाइने प्रहरीले जनाएको छ ।
सुरजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>