अर्थ/बजारशनिबार, चैत्र १३, २०७२

यस्तो छ, यामाहाको ‘शुभारम्भ २०७३’ योजना

हिमालखबर

यामाहाको ‘शुभारम्भ २०७३’ योजना

यामाहा मोटरसाईकल र स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एम.ए.डब्लू. इन्टरप्राइजेजले नयाँ वर्षको अवसरमा ‘यामाहा शुभारम्भ २०७३’ नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत कुनै पनि यामाहा मोटरसाईकल वा स्कुटरको खरिदमा उपभोक्ताहरुले न्युनतम पक्का उपहार रु. ७ हजार ३०० र हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले रु ७३ हजार नगद उपहार जित्न सक्ने छन् ।

यो योजना ४ चैतदेखि सीमित अवधिका लागी लागु गरिएको छ । २०७२ सालमा नेपाली भोग्नु परेको विनाशकारी भूकम्प, नाकाबन्दी, हवाई दुर्घटना जस्ता विपद फेरी भोग्न नपरोस् भन्ने साङ्केतिक रुपमा यस्तो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...