समाचारशनिबार, चैत्र १३, २०७२

पक्राउ परेकालाई छोड्न माग गर्दै वीरगञ्जमा प्रदर्शन, बजार बन्द

हिमालखबर

प्रहरी हिरासतमा रहेका राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिँहसहित तीनजनाको रिहाईको माग गर्दै सिँहका समर्थकहरुले आज बिहानैदेखि वीरगञ्ज बन्द गराएका छन् ।

birgunjएमाओवादी अध्यक्ष पुष्पकमल दाहालको विरोधमा तोडफोडसहित प्रदर्शनमा उत्रिएका राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिँहलाई १२ चैतमा प्रहरीले पक्राउ गरेको विरोधमा आज विहानैदेखि उनका समर्थकहरुले वीरगञ्ज बजार बन्द गराएका हुन् ।

प्रहरी हिरासतमा रहेका सिँहसहित तीनजना कार्यकर्ता लाई छुटाउन उनीहरुका समर्थकले बिहानैदेखि बीरगन्ज बजारका चोकचोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्, भने वीरगञ्ज बजार ठप्प पारेका छन् ।

हिजो, १२ चैतमा वीरगञ्ज महोत्सवको उदघाटन गर्न यहाँ आइपुगेका एमाओवादी अध्यक्ष दाहाललाई मधेश विरोधि संविधान निर्माण गरेको आरोप लगाउँदै मधेश केन्द्रित दलहरुले कालो झण्डासहित प्रदर्शन गरेका थिए । त्यसक्रममा वीरगञ्जका विभिन्न चोकमा बनाइएका स्वागतद्वारहरु उनीहरुले भत्काइदिएका थिए ।

घण्टाघर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर झडप समेत भएको थियो ।

पर्साका प्रहरी नायब उपरीक्षक होविन्द्र वोगटीले कानून विपरित काम गर्ने कसैलाई पनि नछोड्ने भन्दै पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको र कानून बमोजिम कार्वाही हुने बताएका छन् ।

हिजो तोडफोडमा उत्रिएका १७ जनालाई नियन्त्रणमा लिइएकोमा अन्यलाई रिहा गरिसकेको र तीनजनामाथि थप अनुसन्धान भइरहेको बोगटीले बताए ।

पाँच महिना लामो बन्दपछि भर्खरै राहत पाएका वीरगन्जवासीमाथि फेरि बन्दको सन्त्रास फैलिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>