समाचारशनिबार, चैत्र १३, २०७२
संविधान कार्यान्वयनका लागि सहमतिको सरकार: गृहमन्त्री बस्नेत
गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधानको कार्यान्वयनका लागि सहमतिको सरकार आवश्यक भएको बताएका छन् ।
दाङको तुलसीपुरबाट १३ चैतदेखि प्रशारण शुरु भएको रेडियो सञ्जिवनी एफएम ९१ मेगाहर्जको उद्घाटन गर्दै गृहमन्त्री बस्नेतले नेपाली जनताको लामो समयको संघर्षपछि प्राप्त उपलब्धि ब्यवहारिकरुपमा कार्यान्वयनका निमित्त राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका हुन् ।
गृहमन्त्री बस्नेतले संविधान सहमतिको दस्तावेज भएकाले विश्वको कुनै पनि संविधानले सबैलाई शतप्रतिशत सन्तुष्ट पार्न नसक्ने बताए । उनले भने, “प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै मुलुकलाई शान्ति र आर्थिक विकासतर्फ अगाडि बढाउनका लागि संविधानको कार्यान्वयन जरुरी छ ।”
उनले अझै पनि केही शक्तिहरु संविधान कार्यान्वयन हुन नदिन लागि परेकाले नेपाल र नेपालीप्रति जिम्मेवारी बोध गर्ने सबै मिलेर संविधान कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।
उनले समयसँगै भूमिका र जिम्मेवारी पनि फेरिंदै जाने भन्दै लामो समयपछि प्राप्त उपलब्धिको ब्यवहारिक कार्यान्वयनका लागि सबैको सोच्ने र काम गर्ने तरिकामा पनि परिवर्तन जरुरी रहेको औंल्याए ।
१३ चैतदेखि रेडियो सञ्जिवनी एफएम शुरुभएसँगै दाङमा एफएम रेडियो प्रशारक संख्या १५ पुगेको छ ।
देविका घर्ती मगर, तुलसीपुरबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
