समाचारशनिबार, चैत्र १३, २०७२

प्रधानमन्त्री ओलीद्वारा चीनको छेन्दुस्थित भूकम्प स्मारकको अवलोकन

हिमालखबर

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिचुवान प्रान्तस्थित छेन्दु सहरमा रहेको भूकम्प स्मारक र सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

सन् २००८ मे १२ मा ७।९ म्याग्निच्यूडको भूकम्पको केन्द्रविन्दुमा पुगी प्रधानमन्त्री ओलीले भूकम्पबाट मृत्यु भएका नागरिक तथा जनसेवाका जवानप्रति श्रद्धान्जलि अर्पण गरे ।

उक्त क्षेत्रमा भूकम्पबाट भग्नावशेष बनेको पाँचतले विद्यालयको पनि प्रधानमन्त्रीले अवलोकन गरे । यो विद्यालय आठ वर्षपछि पनि उस्तै अवस्थामा पाइएको थियो ।

प्रधानमन्त्री ओलीसहितको भ्रमण दलले भूकम्पको केन्द्रबिन्दुस्थित सङ्ग्रहालयमा रहेका भूकम्पको विनाशसम्बन्धी विवरण, उद्धार र पुनःनिर्माणसम्बन्धी जानकारी लिए । चीन सरकारको तदारुकताका कारण उत्तः क्षेत्रमा तीन वर्षभित्रै पुनःनिर्माण सम्पन्न भएको स्थानीय अधिकारीले अवगत गराएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>