समाचारशनिबार, चैत्र १३, २०७२

सरकारप्रति एमाओवादीको आपत्ति

हिमालखबर

भूकम्पपछिको पुनःनिर्माणमा सरकारले ध्यान नदिएको भन्दै एमाओवादीले आपत्ति जनाएको छ ।

भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत भूकम्पपीडित जनताले आवास बनाउन नपाएको, सरकारले प्रदान गर्ने भनेको राहत रकमसमेत वितरण हुन नसकेको र काम गर्ने शैली असाध्यै सुस्त भएको भन्दै एमाओवादीले असन्तुष्टि जनाएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले भूकम्पपीडितले राहत नपाउने अवस्था कायम रहेमा सरकारबाट बाहिरिने चेतावनी दिए ।

उनले भने, “जनता खुला आकाशमुनि बस्नुपर्ने अवस्था छ, घर तथा आवास बनाउने काममा सरकारको सहयोग नहुने हो भने सरकारबाट बाहिरिनुपर्ने हुन्छ ।”

कर्णालीका पाँचवटै जिल्ला, सेती महाकालीका पहाडी जिल्ला भोकमरीमा परेको भए पनि सरकारले खाद्यान्न पु¥याउनेतर्फ कुनै पहल गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश चुलिएको प्रवक्ता शर्माको कथन थियो ।

बङ्गलादेशले उपलब्ध गराएको ७० हजार मेट्रिक टन खाद्यान्न पूर्वाञ्चलमा सड्ने अवस्थामा पुगेको तर भोकमरी पीडितलाई वितरण गर्नेतर्फ पहल नभएको र सरकारी संयन्त्र परिचालित नभएकामा गुनासो गरे ।

प्रवक्ता शर्माले भने, “सबै संयन्त्र परिचालन गरेर भोकमरी पीडितलाई खाद्यान्न पु¥याउनुपर्छ । जनता भोकभोकै मर्ने अवस्था आउनुहुन्न । जनताले सरकार भएको अनुभव गर्न पाउनुपर्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>