समाचारआइतबार, चैत्र १४, २०७२

पेस्तोलसहित दुई युवक पक्राउ

हिमालखबर

सिरहा नगरपालिकाबाट प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ ।

सिरहा मिर्चैया नपा–९ का २१ वर्षीय मैनोदिन अन्सारी र सोही ठाउँका २२ वर्षीय आकाश यादव अमेरिकामा निर्मित पेस्तोल एक थान, म्याग्जिन दुई थान र गोली नौ राउण्डसहित पक्राउ परेका हुन् ।

स ३ प ७७९ नंको मोटरसाइकलमा भारतबाट आउँदै गरेको अवस्थामा सिरहा नगरपालिका–१७ स्थित कमला नदीको बाँधबाट प्रहरीले पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार पक्राउ परेका अन्सारी र यादव सवार मोटरसाइकललाई चेकजाँच गर्दा सिटको तल लुकाएर राखेको अवस्थामा मेड इन युएसए लेखिएको एक थान पेस्तोल, म्याग्जिन दुई थान र गोली नौ राउन्ड बरामद भएको हो ।

पक्राउ परेका अन्सारी र यादवमाथि विशेष अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>