रमझमआइतबार, चैत्र १४, २०७२

मकाउमा ‘ट्राभलिङ किम्फ’

हिमालखबर

केशाङ छेतेनद्धारा निर्देशीत नेपालको जातजातीबारे खोज–अनुसन्धान गर्ने डोर बहादुर बिष्टको कथा समेटीएको ‘काष्ट वे म्यान’

नेपालको जातजातीबारे खोज–अनुसन्धान गर्ने डोर बहादुर बिष्टको कथा समेटीएको ‘काष्ट वे म्यान’

गतवर्ष हङकङबाट ‘ट्राभलिङ किम्फ’का रुपमा देशबाहिर प्रदर्शन थालेको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव(किम्फ) यसपटक ३१ मार्चमा मकाउमा हुने भएको छ ।

हिमाल एशोसिएसनको आयोजना तथा गोर्खा एकता ईण्टरनेशनल मकाउको सह आयोजनामा काम पेक कम्युनिटी सेण्टर, सनमालोमा सम्पन्न हुने ‘घुम्ती किम्फ’मा तीन वटा फिल्म प्रर्दशन हुदैछन् ।

अरुण देव जोशीको निर्देशन रहेको छोटो फिल्म ‘कमारो’

छोटो फिल्म ‘कमारो’

, गणेश पाण्डेले बनाएको नेपालमा गएको महाभुकम्पबारेको ‘नेपाल अर्थ क्विक: हिरोज सर्भाइभर एण्ड मिराकल्स’

महाभुकम्पबारेको ‘नेपाल अर्थ क्विक: हिरोज सर्भाइभर एण्ड मिराकल्स’

जसमा केशाङ छेतेनद्धारा निर्देशीत नेपालको जातजातीबारे खोज–अनुसन्धान गर्ने डोर बहादुर बिष्टको कथा समेटीएको ‘काष्ट वे म्यान’, गणेश पाण्डेले बनाएको नेपालमा गएको महाभुकम्पबारेको ‘नेपाल अर्थ क्विक: हिरोज सर्भाइभर एण्ड मिराकल्स’ र अरुण देव जोशीको निर्देशन रहेको छोटो फिल्म ‘कमारो’ रहेकाछन् ।

राजधानीमा वर्षेनी हुँदै आएको किम्फ यसअघि ‘घुम्ती किम्फ’का रुपमा नेपालका ४७ जिल्लामा प्रदर्शन भइसकेको छ । २०१५ देखि देशबाहिर आयोजना हुनेक्रममा फेब्रुअरीमा हङकङ, मकाउ र अगस्तमा अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको थियो ।

विदेशमा भएको प्रर्दशनीमान दर्शकको उत्साहजनक उपस्तिथि भएकोले किम्फलाई यसवर्षपनि निरन्तरता दिन लागीएको किम्फका अध्यक्ष तथा आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाले बताउँछन् । हरेक वर्ष डिसेम्बरमा राजधानीमा हुँदै गरेको महोत्सवलाई ‘ट्राभलिङ किम्फ’का रुपमा देशबाहिर लैजादा प्रवासमा रहेका नेपाली दर्शकले देशसँग नजिक हुँने र विदेशी माझ नेपालको पर्यटन र संस्कृतिको प्रर्वद्धन हुने थापाले बताए ।

नेपाली जनजीवनलाई दुरुस्त देखाउने खालका वृत्तचित्र देखाईने किम्फ मकाउको तयारी पुरा भएको स्थानीय आयोजनाक मध्येका पुर्ण गुरुङ देउरालीले बताए । उनका अनुसार गत वर्ष दर्शकहरुले रुचाएका कारण यो महोत्सवलाई मकाउमा निरन्तरता दिइएको हो ।

हरेक वर्ष करिब सय भन्दा बढी देशहरूका डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्महरू छनोट गरेर प्रर्दशनी गरिने किम्फ नेपालमा हुने अन्तर्राष्ट्रिय फिल्म महोत्सव हो । विगत १३ वर्षदेखि नियमित हुँदै आएको किम्फ ‘घुम्ती किम्फ’का रुपमा देशका विभिन्न सहरहरूमा समेत प्रर्दशनी हुने गर्छ । किम्फमा विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गरिन्छन् ।

किम्फका इन्टरनेसनल इभेन्ट कोअर्डिनेटर डम्बरकृष्ण श्रेष्ठका अनुसार मकाउपछि अमेरिकाको न्युयोर्कमा एभरेष्ट मीडियाको स्थानीय आयोजनामा ५ जुन २०१६ मा हुने भएको छ ।

Macau KIMFF final_Poster 2016

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>