समाचारआइतबार, चैत्र १४, २०७२

प्रधानसेनापति चीन प्रस्थान

हिमालखबर

cncप्रधानसेनापति राजेन्द्र क्षत्री आज, १४ चैतमा चीन प्रस्थान गरेका छन् ।

चिनियाँ सेना प्रमुख फाङ फेनघुईको औपचारिक निमन्त्रणामा सप्ताहव्यापी औपचारिक भ्रमणका लागि क्षत्री आज बेइजिङतर्फ प्रस्थान गरेका हुन् ।

चीन भ्रमणमा रहँदा प्रधानसेनापति क्षत्रीले चीनका विभिन्न सैनिक संरचनाको भ्रमणलगायत उच्चस्तरीय पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापतिको नेतृत्वमा रहेको आठ सदस्यीय सैनिक टोली चीनको भ्रमण पूरा गरेर यही २० चैतमा स्वदेश फर्कनेछ ।

यसैबीच, प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी वलदेवराज महतले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>