समाचारआइतबार, चैत्र १४, २०७२

लाहोरमा आत्मघाती विष्फोट, कम्तीमा ६४ को मृत्यु

हिमालखबर

lahoreपाकिस्तानको लाहोरमा भएको आत्मघाती बम विष्फोटबाट कम्तीमा ६४ जनाको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पञ्जाब प्रान्तको लाहोर शहरस्थित गुलशन इक़बाल पार्कमा १४ चैत साँझ करिब ७ बजे भएको विष्फोटबाट अहिलेसम्म ६४ जनाको ज्यान गएको र २०० जनाभन्दा बढी घाइते भएको पाकिस्तानी अखबार डनको अनलाइन संस्करणले जनाएको छ ।

घाइते हुनेहरुमा महिला र बालबालिका धेरै भएको बीबीसीले उल्लेख गरेको छ ।

आवासीय क्षेत्र नजिकको उक्त चिल्ड्रेन पार्कमा साँझका बेला आ–आफ्ना बालबालिका लिएर धेरै जसो महिला आउने भएकाले हताहती हुनेमा धेरै महिला र बालबालिका छन् ।

स्थानीय प्रहरीले आत्मघाती आक्रमणकारीको शरीरसँग अलग भएको टाउको भेटिनुका साथै त्यसस्थानबाट बमका छर्राहरु बरामद भएको बताएको छ ।

प्रत्यक्षदर्शीले घटनास्थलमा मानिसका शरीरबाट छुट्टिएका अंगहरु छरिएको र रगतको आहाल जमेको बताएको डनले उल्लेख गरेको छ ।

पञ्जाबका स्वास्थ्य मन्त्रीले घाइतेहरुका लागि रगतको अभाव हुनसक्ने भन्दै रक्तदानका लागि अपील गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>