Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ उपचारपछि स्वदेश फर्कंदै - Himalkhabar.com

रमझमसोमबार, चैत्र १५, २०७२

वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ उपचारपछि स्वदेश फर्कंदै

हिमालखबर

वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ उपचारपछि स्वदेश फर्कंदैभारतमा उपचाररत वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार आएपछि स्वदेश फर्कंदै छन् । ७८ वर्षीय गुरुङ १७ चैतमा काठमाडौं फर्कन लागेका हुन । राष्ट्रिय गानका सङ्गीतकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश फर्कन लागेको लेखक/समीक्षक प्रकाश सायमीले जानकारी दिए । गुरुङ करिब दुई महिनाअघि उक्त अस्पतालमा भर्ना भएका थिए ।

मेदान्तको उपचारपछि उनको स्वास्थ्य सामान्य स्थितिमा आएको भर्खरै त्यहाँ पुगेर आएकी सङ्गीतकर्मी रतन चन्दले बताए । चन्दले भने, “उहाँको स्वास्थ्यमा लगभग सुधार आएको छ, बोल्न र मान्छे चिन्न सक्नुहुन्छ । चिकित्सकले पनि अब घर लाँदा हुन्छ भन्नुभयो ।”

स्वदेश फर्किएलगत्तै गुरुङको सम्मानमा विमानस्थलमै एक कार्यक्रम गरेर उहाँद्वारा सङ्गीतबद्ध राष्ट्रगान ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’, सैनिक गान ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ लगायत गीत गाउने कार्यक्रम रहेको छ ।

नसा तथा पाचन प्रणालीमा समस्या आएपछि यसअघि ग्रान्डी अस्पतालमा भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरेको हो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>