Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बिम्बाकाशमा वर्तिका - Himalkhabar.com

रमझमसोमबार, चैत्र १५, २०७२

बिम्बाकाशमा वर्तिका

हिमालखबर

बिम्बाकाशमा वर्तिका
मिस नेपाल युएस २०१३ की विजेता वर्तिका राई गीति संग्रह बिम्बाकाश लिएर सांगीतिक आकाशमा देखिएकी छन् । अल्बममा उनी आफैंले लेखेका र संगीत भरेका ६ वटा गीत छन् । राईले फागुनको अन्तिम साता न्यूयोर्कबाटै अल्बम सार्वजनिक गरेकी हुन् ।

त्यसो त उनले सात वर्षको उमेरमै काठमाडौंको बूढानीलकण्ठ स्कूलको कार्यक्रममा पहिलोपल्ट गाएकी थिइन् । एसएलसीपछि उनले गुरुदेव कामतसँग आधुनिक गायन कलाको प्रशिक्षण लिइन् । श्रुति प्रधानसँग पश्चिमा संगीतको औपचारिक ज्ञान समेत हासिल गरिन् । पछिल्लो समय अमेरिकामा बस्दै आएकी राईले अहिले १९७४ एडीका पूर्व सदस्य फिरोज स्याङ्देनसँग सिकिरहेकी छिन् ।

जर्जियास्थित वेस्लेयन कलेजमा वाणिज्य संकायकी विद्यार्थी उनी आफ्ना सबै गीत यथार्थपरक रहेको बताउँछिन् । “कल्पनाशीलता भन्दा वास्तविक पात्र वा घटनालाई गीतमार्फत उन्ने प्रयत्न गरेकी छु”, उनी भन्छिन् । अल्बमको शीर्ष गीत बिम्बाकाशको म्युजिक भिडियो युट्यूबमा २ लाख ५० हजार पटक भन्दा बढी हेरिसकिएको छ ।

-प्रशान एलुङ राई

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>