Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाल–चीनबीचको संयुक्त वक्तब्य - Himalkhabar.com

दस्तावेजसोमबार, चैत्र १५, २०७२

नेपाल–चीनबीचको संयुक्त वक्तब्य

हिमालखबर

Nepal China Agreementप्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण क्रममा १० बुँदे सम्झौता/सहमतिपछि नेपाल र चीनले जारी गरेको १५ बुँदे संयुक्त विज्ञप्ति ।

१. प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमण । चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली तथा चिनियाँ पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्सका अध्यक्ष यु झेङ्सेङ् लगायतसँग भेटवार्ता गरे ।

२. सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुवै देशबीच विभिन्न क्षेत्रहरूमा महत्त्वपूर्ण उपलब्धि हासिल भएकोमा दुवै देशका शीर्ष नेतृत्वद्वारा सन्तुष्टि व्यक्त । पञ्चशील तथा शान्तिपूर्ण सह–अस्तित्वका सिद्धान्तलाई आधार मान्दै द्विपक्षीय सम्बन्ध स्वस्थ रूपमा अघि बढेको छ । नेपालमा जारी भएको नयाँ संविधानको चीनद्वारा स्वागत गर्दै यसले नेपालको राजनीतिक संक्रमणमा महत्त्वपूर्ण प्रगति भएको रूपमा लिएको छ । यसलाई नेपालले राजनीतिक स्थायित्व एवं आर्थिक विकास हासिल गर्ने अवसरका रूपमा लिओस् भन्ने चीनले आशा लिएको छ ।

चीन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ । समानता र पारस्पारिक लाभका आधारमा सम्बन्ध अघि बढाउन दुवै देश सम्बन्धलाई अझै गहिरो बनाउन प्रतिबद्ध छन् ।

३. दुवै देशले एकअर्काको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्ने पुनः प्रतिबद्धता जनाएका छन् । एकअर्काका प्रधान स्वार्थलाई सम्बोधन गर्न दुवै पक्ष प्रतिबद्ध छन् । नेपालद्वारा आफू एक चीन नीतिको पक्षमा रहेको पुनः प्रतिबद्धता व्यक्त ।

नेपालको राजनीतिक प्रणाली, विकास पथ, सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको चीनद्वारा सम्मान । नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय एकता भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्थायित्वका लागि अघि बढाएका प्रयासको चीनद्वारा समर्थन ।

४. द्विपक्षीय सम्बन्धमा भएका विकासका कारण नेपाल र चीन उच्चतहका सम्पर्कको महत्व बढेको दुवै पक्षको विश्वास । कूटनीतिक परामर्श, संयुक्त आर्थिक तथा व्यापार समितिलगायत विद्यमान द्विपक्षीय संयन्त्रलाई पूर्ण रूपमा सदुपयोग गर्न, सरकारका विभाग, व्यवस्थापिका–संसद् तथा राजनीतिक दलहरूबीच भ्रमण बढाउन पनि दुवै पक्ष तयार भएका छन् । संयुक्त व्यापार तथा आर्थिक समितिलगायत सबै संयन्त्र क्रियाशील गराउन दुबै पक्ष तयार भएका छन् ।

. चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ परियोजनाको फ्रेमवर्क भित्र रहेर नेपालमा प्रमुख विकास परियोजना योजना अघि बढाउन दुवै देश सहमत । हवाई सम्पर्क बढाउन र सडक मार्गमा पूर्वाधार विकास गरी सम्पर्क अझ्ै गर्ने विषयलाई दुवै पक्षले महत्व दिएका छन् । अरनिको राजमार्ग सुधारका लागि सम्भाव्यता अध्ययन गर्न, अरनिको राजमार्ग खुलाउन र स्याफ्रुबेसी—रसुवागढी राजमार्गको मर्मत तथा सुधार तीव्र पार्न चीन सहमत ।

काठमाडौं उपत्यकाभित्रको रिङरोड पहिलो चरणमा बाँकी रहेका काम सम्पन्न गर्न तथा रिङरोड दोस्रो चरणका लागि सम्भाव्यता अध्ययन गर्न दुबै देश सहमत । चिनियाँ लगानी नेपालमा बढाउन दुवै पक्ष राजी । सीमापार रेल सञ्जाल निर्माण, नेपालभित्र रेल सञ्जाल निर्माणका विषयमा छलफल ।
चालू रहेका सीमा नाकास्थित बन्दरगाहबाट सीमापार आर्थिक क्षेत्रहरू स्थापना गर्न, नयाँ बन्दरगाह स्थापना गर्न दुवै पक्ष राजी । पारवहनयातायात हस्ताक्षर भएका सम्झौताको प्रोटोकलका विषयमा चाँडै संवाद गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन । सीमा व्यवस्थापन प्रणालीबारे संवाद गर्न दुई देश तयार ।

६. नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनले निरन्तर सघाउनेछ । चीनले भूकम्पपछिको पुनर्निर्माणका लागि उपलब्ध गराएको तीन बिलियन चिनियाँ युआनअन्तर्गत चीनसँग सीमा जोडिएका जिल्लाका जनताको जीवनस्तर सुधार्न, पूर्वाधार निर्माण, भत्किएका ऐतिहासिक सांस्कृतिक सम्पदा पुनर्निर्माण, भूकम्पबाट बच्न क्षमता अभिवृद्धिलगायतका २५ वटा परियोजना अघि बढाउन सहमत ।

चीनले ३२ हजार घरधुरीलाई सोलार प्यानल उपलब्ध गराउनेछ । शिक्षा र स्वास्थ्य क्षेत्रमा साना परियोजना निर्माण गर्न तथा भूकम्पको पूर्वतयारी र निराकरणका लागि सहकार्य बढाउन दुवै देश तयार । नेपालमा ‘रेन वाटर हार्भेटिस्ङ परियोजना’ लगायत जनताको जीवनस्तर सुधारका कार्यक्रम सञ्चालन गर्न चीनले सघाउने ।

७. व्यापारघाटा कम गर्न नेपालले चीनलाई सहज रूपमा चिनियाँ बजार उपलब्ध गराउने । नेपाल—चीन स्वतन्त्र व्यापार सम्झौतालाई टुंग्याउन सम्भाव्यता अध्ययन गरी चाँडै टुंग्याउन दुवै देश तयार ।
८. नेपाल र चीन नेपालतर्फ व्यावसायिक इन्धन निर्यातसम्बन्धी सम्झौता चाँडै गर्न सहमत । चीनबाट पेट्रोलियम पदार्थ नेपाल निर्यातसँग जोडिएका कर, मूल्य, यातायात, गुणस्तर, भन्सार तथा भन्सार बिन्दुहरूमा पूरा गर्नुपर्ने औपचारिक नीतिगत कार्यहरू टुंग्याउन दुवै देशका सरकारी निकायहरूलाई निर्देशन ।
नेपालमा इन्धन भण्डारण केन्द्र निर्माणमा पनि चीनले सघाउने । ग्यास तथा इन्धन अन्वेषण गर्न चीनले विज्ञहरू पठाउने । नेपाल–चीनबीच दीर्घकालीन ऊर्जा क्षेत्रमा सहकार्य गर्न संवाद संयन्त्र बनाउने सहमति ।

९. चीनको स्वशासित क्षेत्र तिब्बतबाट गैरकानुनी रूपमा नेपालतर्फ हुने तिब्बतीहरूको प्रवेश नियन्त्रण गर्न, अन्तरदेशीय अपराध रोक्न, सूचना आदानप्रदान गर्नका लागि पारस्पारिक कानुनी सहयता सन्धि र सुपुर्दगी सन्धिमा हस्ताक्षरका लागि दुवै देशले संवाद थालिने ।

१०. नेपालले ग्वान्जाओमा महाणिज्यदूतावास स्थापना गर्ने निर्णय गरेकोमा चीनद्वारा स्वागत । छेङ्दुमा महावाणिज्यदूतावास स्थापना गर्ने विषयलाई अघि बढाउन थप अध्ययन गर्न दुवै देश तयार । चीनको यासु र पोखरा, सान्नान र भक्तपुर तथा छेङ्दु र काठमाडौंबीच भगिनी सहर सम्बन्ध स्थापना गर्ने सहमति । सिचुवान, छिङ्हाई र युनानबीच आर्थिक सहकार्य बढाउन दुवै देश तयार ।

११. दुवै देश पर्यटन विकास गर्न एकआपसमा मिलेर काम गर्न तयार ।

१२. संयुक्त राष्ट्रसंघलगायत अन्य बहुपक्षीय फोरममा अझ्ै सहकार्य बढाउन दुबै देश तयार । सांघाई कोअपरेसन अर्गनाइजेसन र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा अझै सहकार्य र समन्वय बढाउन चीन र नेपाल तयार ।

१३. पोखरामा क्षेत्रीय विमानस्थल निर्माणमा सहयोग गर्दै यसलाई गति दिन चीन तयार । नेपालद्वारा किमाथांका—खाँदबारी—धनकुटा सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न आर्थिक सहयोग उपलब्ध गराइदिन चीनलाई प्रस्ताव । प्रस्तावित रसुवागढी—काठमाडौं रेलवे, काठमाडौं—पोखरा—लुम्बिनी रेलवे परियोजनाका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइदिन चीनसमक्ष नेपालको आग्रह ।

४३४ मेगावाटको माथिल्लो अरुण जलविद्युत् परियोजना, ४०० केभि सीमापार ट्रान्समिसन लाइन परियोजना, रसुवागढी—केरुङ सीमा नाका र १३२ केभि डबल सर्किट ट्रान्समिसन लाइन मोनोपोल संरचना, काठमाडौं उपत्यकामा चक्रपथ निर्माण गर्न चीनसमक्ष नेपालको प्रस्ताव ।

१४. चीनसँगको व्यापार, पर्यटन तथा लगानीलाई मजबुत पार्न चिनियाँ लगानीका ब्याङ्कको नेपालमा शाखा खोल्न चीन तयार । यसका लागि नेपालले आफ्नो नीति तथा नियम परिवर्तन गरी चिनियाँ ब्याङ्क नेपाल आउने वातावरण तयार गर्न सहमति ।

१५. चीनले दिएको स्वागत तथा सम्मानका लागि प्रधानमन्त्री ओलीद्वारा हार्दिक धन्यवाद व्यक्त । चिनियाँ उच्च नेतृत्वलाई नेपाल भ्रमणका लागि ओलीको आग्रह । चिनियाँ नेताहरूद्वारा निमन्त्रणाका लागि धन्यवाद दिँदै उपयुक्त समयमा भ्रमण गर्न आश्वासन ।

(नेपाल र चीनबीच बेइजिङमा १० चैतमा जारी संयुक्त विज्ञप्तिको अनौपचारिक भावानुवाद)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>