समाचारसोमबार, चैत्र १५, २०७२
‘अव राष्ट्रिय सहमतिको सरकार’
एमाओवादीका सचिव वर्षमान पुनले संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारमा नेपाली कांग्रेस सहभागी भए संविधान कार्यान्वयनमा सहज हुने दाबी गरे ।
“अबको दुई वर्षभित्रमा संविधान कार्यान्वयन भइसक्नुपर्छ”, पुनले भने, “त्यसका लागि राष्ट्रिय सरकार बन्नुपर्छ ।”
उनले संविधान कार्यानवयनका लागि अझै ४०० भन्दा बढी कानुनलाई परिमार्जन गर्न र १५० जति नयाँ कानुन बनाउन बाँकी रहेको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>