थप समाचारसोमबार, चैत्र १५, २०७२
हावाहुरीबारे पूर्व जानकारी लिन सकिन्छ, काठमाडौंमा हावाहुरी (६ तस्वीर)
तस्वीरहरूः गोपेन राई
अचानक हावाहुरी आएपछि काठमाडौंंको जनजीवन प्रभावित भएको छ । १५ चैत दिउँसो चार बजेको आसपासमा आएको हावाहुरीको प्रभाव करिब डेढ घण्टा रहेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले हिमालखबरलाई जानकारी दिएका छन् ।
शर्माका अनुसार पश्चिम वायुबाट आएको प्रणालीका कारण ठूलो हावाहुरी आएको हो । हावाहुरी पूर्वतर्फ गईरहेको छ । विभागको अलर्ट सिस्टममा केही घण्टा पहिला नै संकेत आएको शर्मा बताउँछन् ।
हुरीको कारण काठमाडौं त्रिचन्द्र क्याम्पस अगाडि रुख ढल्दा २ जना घाइते भएकोले उपचारको लागि वीर अस्पताल पठाइएको छ । त्यस्तै स्वयम्भू स्तुपाको इँटा खस्दा घाइते भएका १ जनाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।काँडाघारीको सनसिटीबाट एउटा ट्याङकी खसेर ट्याक्सीको शिशा फुट्दा १ जना घाइते भएका छन् ।
हावाहुरीले उपत्यकामा ६ घाइते
नेपाल प्रहरीका अनुसार पुरानो बानेश्वरमा लडेर १ जना घाइते भएकोले उपचारको लागि भरोसा अस्पताल बानेश्वर पठाइएको छ । टेकु पुल नजिकको विजुलीको पोल ढलेको छ भने रत्नपार्कमा रुख ढलेर बाटो अबरोध भएको छ । यसैगरी ललितपुर शंखमुल पुल नजिकको विजुलीको पोल ढलेको छ । भक्तपुर बालकोटमा बिजुलीको पोल ढलेर १ जना घाइते भएकोले उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर पठाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
