समाचारसोमबार, चैत्र १५, २०७२

खिलराज रेग्मीविरुद्धको रिट खारेज, न्यायाधीशहरूको राय बाझियो

हिमालखबर

सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई बाधा अड्काउ फुकाऊमार्फत मन्त्रिपरिषद अध्यक्ष बनाएको विरुद्धमा परेको रिट खारेज भएको छ । संवैधानिक इजलाशले १५ चैतमा रिट खारेज गरेको हो ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, न्यायाधीशहरू सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्र सम्मिलित इजलाशले अधिवक्ता चन्द्रकान्त ज्ञवाली लगायलते हालेको रिट खारेज गरेको हो ।

प्रधानन्यायाधीश श्रेष्ठ र न्यायाधीश कार्कीले बाधा अड्काउ फुकाउने आदेश अन्तरिम संविधानको मर्म बमोजिम नभएको फैसलामा उल्लेख गरेका छन् ।
तर त्यसपछि रेग्मी नेतृत्वको सरकारले चुनाव गराएको, नयाँ सरकार गठन भएको र संविधान समेत जारी भईसकेकाले रिट जारी गर्नुनपर्ने तर्क गरेका
छन् ।

संविधानवादको विपरीत हुने यस्तो कार्य फेरी नदोहोरिने गरी संविधान बमोजिम स्थापित अंगहरुले आ–आफ्नो अधिकार क्षेत्र अनुसारको काम गर्नुपर्ने उनीहरुको राय छ ।

तर न्यायाधीशत्रय उपाध्याय, पराजुली र मिश्रले भने अहिले परिस्थिति परिवर्तन भएकाले माग बमोजिम रिट जारी गर्न नमिलेको तथा वर्तमान संविधान, सरकार र संसद बाधा अड्काउ आदेशमार्फत बनेकाले थप टिप्पणी गरी राख्न नपर्ने राय व्यक्त गरे ।

फैसलाको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

तुफान न्यौपाने

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>