समाचारसोमबार, चैत्र १५, २०७२

तुँवालो नहट्दा काठमाडाैंमा हावाहुरी

हिमालखबर

१४ चैत दिउँसो काठमाडौंमा झण्डै आधा घण्टा हावाहुरी आउँदा यहाँको जनजीवन प्रभावित बन्यो । अचनाक आएको हावाहुरीबारे मौसमविद् ङमिन्द्र दाहाल भन्छन्ः

ngamindra dahalयो हावाहुरी अन्य समयमा देखिनेजस्तै सामान्य मौसमी हावाहुरी हो । जाडो मौसममा हावा उत्तरबाट दक्षिण भएर बग्छ । जाडो मौसममा हावा उच्च भागबाट होचो भागतिर बग्छ ।

गर्मीमा जमिन तात्ने भएकाले तातो हावा उडेर आकाशमा फैलने गर्छ । किनकी गर्मी मौसममा जमिनमा हावा हलुवाका भएर बसेको हुन्छ् । यतिखेर समुद्रको हावा एकदमै चिसो हुन्छ । यो समयमा हावा दक्षिण भएर उत्तरमा बग्छ ।

आज उपत्यकासहितका स्थानमा हावाहुरी आउनुको कारण यही हावा हो, जून दक्षिणी भारतको राजस्थान मरुभुमीबाट उत्तर जानुपथ्र्यो ।

उत्तर भएर जानुपर्ने हावा २ दिनसम्म उपत्यकामा लगातार देखिएको तुँवालोले नेपालको पहाडी क्षेत्रतिर धकेलिदियो ।

नेपालको पहाडी क्षेत्रमा आइरहेको पश्चिमी वायुले दक्षिण भारतको राजस्थानबाट उत्तरतिर जार्दै गरेको तातो हावालाई धकेलेर नेपालतिर ल्याइदियो ।
त्यसरी धकेलिएर आएको हावाले ठूलो पानी पार्न नसक्नुको कारण आकाशमा बादल नहुनु हो ।

आकाशमा बादल भएको भए असिनासहितको भीषण पानी पर्ने संम्भावना रहन्थ्यो । हावामा पानीको मात्रा नपुगेपछि ठूलो वर्षा हुन नसकेको हो । यसैकारण अझै दुई दिनसम्म ठूलो पानी पर्ने संम्भावना छैन ।

प्रस्तुतीः रामु सापकोटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>