समाचारसोमबार, चैत्र १५, २०७२

अव पेट्रोल अभाव हुँदैनः निगम

हिमालखबर

नेपाल आयल निगमले हल्लाको पछाडि नलाग्न आग्रह गर्दै इन्धन आयातमा कुनै पनि समस्या नभएको जनाएको छ ।

पुनः इन्धन अभाव हुने भन्दै हल्ला फैलिएपछि राजधानीका विभिन्न पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेपछि निगमले कुनै पनि हल्लाको पछाडि नलाग्न र आवश्यक संयमता अपनाउन आग्रह गरेको हो ।

निगमका प्रवक्ता मुकुन्द्र घिमिरेले भारतबाट मागअनुसार नै इन्धन आपूर्ति भइरहेको र कुनै पनि समस्या उत्पन्न नभएकाले अनावश्यक हल्लाको पछाडि लाग्नुको अर्थ नरहेको बताए । “हामीले पर्याप्त मात्रामा पेट्रोल उपलब्ध गराएका छौँ, अनावश्यक हल्लाको पछाडि लाग्नु कुनै अर्थ छैन”, उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>