थप समाचारसोमबार, चैत्र १५, २०७२

धरहरा पुनःनिर्माण कोषमा १८ लाख

हिमालखबर

‘मेरो धरहरा म बनाउँछु’ अभियान अन्तर्गत धरहरा पुनःनिर्माण कोषमा आज, १५ चैतमा रु. १८ लाख ४० हजार ९४० जम्मा भएको छ ।

मन्त्रिपरिषद्का मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीको एक महीनामा प्राप्त हुने पारिश्रमिक बराबरको रकम कोषमा जम्मा भएको हो ।

धरहरा पुनःनिर्माण कोषमा अहिलेसम्म रु २० लाख ६६ हजार ४९५ जम्मा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतले यसअघि नै कोषमा रकम जम्मा गरेका थिए।

धरधरा पुनःनिर्माण कोषमा रकम जम्मा गर्न प्राधिकरणले गत ५ फागुनमा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेको थियो । खाता नं १४३०००१९८००१ मा समाजका सबै पक्षलाई सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।

पुरातत्व विभागलाई अब बनाइने नयाँ धरहराको नक्सा, डिजाइन र लागत अनुमानको विस्तृत विवरण तयार गर्ने जिम्मेवारी दिइसकेको छ । प्रधानमन्त्री कार्यालयको निर्देशन र प्राधिकरणको समन्वयमा उक्त विभागले धरहरा निर्माणसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइरहेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>