समाचारमंगलबार, चैत्र १६, २०७२
सीमाकंनकाे असन्तुष्टि सम्वाेधन गर्न तयारः सचेतक घर्ती
नेकपा एमाले संसदीय दलका सचेतक गोकुल घर्तीमगरले मधेशमा देखिएको सीमाकंनको असन्तुष्टि वार्ताबाटै सम्बोधन गर्न एमाले तयार रहेको बताएका छन् ।
“एक मधेश दुई प्रदेशको पक्षमा होइन, अहिलेको सात प्रदेशमा केही हेरफेर गर्नुपर्ने भए हामी तयार छौं”, उनले भने, “संविधान सम्बोधनले समानुपातिक प्रतिनिधित्वको व्यवस्था र जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्ने माग पूरा भइसकेको छ ।”
नवलपरासीकाे कावासाेतीमा अायाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै उनले मधेशी मोर्चालाई राजनीतिक संयन्त्रमा आउन आग्रह समेत गरे । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
