अर्थ/बजारमंगलबार, चैत्र १६, २०७२
एनबी इन्सुरेन्सको दुई शाखा थप
एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडले सोलुखुम्बुको सल्लेरी र ओखलढुङ्गाको हुलाकडांडामा शाखा विस्तार गरेको छ । बीमा समितिबाट तोकिए बमोजिम कृषि तथा पशु बीमालाई प्राथमिकता दिने गरी कम्पनीको शाखा थप गरिएको कम्पनीले जनाएको छ ।
शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर के.सी.ले गरेका हुन । कार्यक्रममा कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले कृषि, पशुधन लगायतको बीमा गर्न आग्रह गरे ।
एनबी इन्सुरेन्सका कार्यकारी प्रमुख श्रेष्ठले गत आर्थिक वर्षमा १२ हजार ५०० वटा बीमालेखबाट १७ करोड ५० लाख बीमा शुल्क उठेको बताए । चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकसम्ममा एक करोड ३१ लाख खुद नाफा आर्जन गरेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>