समाचारमंगलबार, चैत्र १६, २०७२
इजिप्ट एयरः अपहरित विमानका यात्रु मुक्त

साइप्रसमा उतारिएको इजिप्टको अपहरित विमानलाई सुरक्षा दिंदै साइप्रसका प्रहरी । तस्वीर: रोयटर्स
अपहरण गरीे साइप्रस पुर्याइएको इजिप्ट एयरको विमानबाट चालक दलका सदस्य र चार विदेशी यात्रु बाहेक सबै यात्रुहरु मुक्त भएका छन् ।
इजिप्ट एयरले अपहरणकारीसँगको सम्झौतापछि यात्रुहरु मुक्त भएको तर, चालक दलका सदस्यहरु भने बिमानमा नै रहेको जनाएको छ ।
इजिप्टको अलेक्जिेन्ड्रियाबाट कायरोतर्फ उडेको विमान अपहरण गरी साइप्रसमा उतारिएको थियो ।
उक्त विमानमा ४ जना विदेशीसहित अन्य सबै साइप्रसकै नागरिक थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
