समाचारबुधबार, चैत्र १७, २०७२
एमाले स्थायी कमिटीः विभागमा मनोनयन हुन सकेन
नेकपा एमाले स्थायी कमिटीको आज बसेको बैठकले पनि केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे निर्णय गर्न सकेन ।
प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज, १७ चैत बिहान बसेको बैठकमा कमिटीकै निर्देशनमा केन्द्रीय सचिवालयले प्रस्ताव प्रस्तुत गरे पनि निर्णय हुन सकेन ।
विभागका सदस्य चयन गर्दा सबै पक्षसँग परामर्श अपुग भएको भन्दै आलोचना भएपछि निर्णय हुन नसकेको हो ।
प्रधानमन्त्री ओली चितवनको कार्यक्रममा जानुपर्ने भएकाले बैठक लम्बिने भएपछि ओलीले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरेको केन्द्रीय सचिवालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
बैठकमा चीन भ्रमणबारे ओलीले जानकारी गराएका थिए ।
बैठकले प्रधानमन्त्री ओलीप्रति चीनले देखाएको सत्कार र सद्भावका लागि आभार व्यक्त गरेको छ ।
एमाले पोलिटब्युरोको बैठक भने २३ र २४ चैत तथा केन्द्रीय कमिटीको बैठक २७ देखि ३० चैतसम्म हुने तय भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
