अर्थ/बजारबुधबार, चैत्र १७, २०७२
सुर्खेत र महेन्द्रनगरमा लक्ष्मी ब्याङ्क
लक्ष्मी ब्याङ्कले मध्यपश्चिमको सुर्खेत र सुदुरपश्चिमको महेन्द्रनगरमा आफ्नो नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । दुबै शाखा १६ चैतमा विस्तार गरिएका हुन । यो सँगै लक्ष्मी ब्याङकको शाखा संजाल ४९, विस्तार काउन्टर दुई तथा एटिएम काउन्टर ६२ पुगेका छन् ।
ब्याङकले करिब ५०० कर्मचारी मार्फत ३५ वटा शहरमा आफ्नो सेवा पुर्याएको छ । भौतिक उपस्थितिका अतिरिक्त आफूहरू विद्युतिय ब्याकिङ्ग सेवा प्रवाहको प्रवर्तकको रुपमा समेत कार्य गर्न सक्षम भएको लक्ष्मी ब्याङ्कद्वारा विज्ञप्तिमा उल्लेख छ ।
सन् २००२ मा पहिलो पूर्ण इन्टरनेट ब्याकिङ्ग सेवा संचालन गरेको यो ब्याङकले २००९ मा मोवाइल ब्याङिकङ्ग (मोवाइलमनी) सेवा संचालन ल्याएको थियो । लक्ष्मी ब्याङ्कले लक्ष्मीभ्यालू फण्ड नामक म्यूचुअल फण्ड सेवा समेत संचालन गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>