समाचारबुधबार, चैत्र १७, २०७२
विधान संशोधन गर्न देउवा राजी
विधान संशोधन गरेर मात्रै संसदीय दलको निर्वाचन गराउनु पर्ने पौडेल समूहको मागमा कांग्रेस सभापित शेरबहादुर देउवा सहमत भएका छन् ।
पार्टी नेता एवम् पूर्व कावा सभापति रामचन्द्र पौडेल पक्षले विधान संशोधन नगरी संसदीय दलको निर्वाचन गर्न नहुने भन्दै दबाब दिएपछि शेरबहादुर देउवा पक्षधर मानिने नेताहरुले आजै पौडेलसँग छलफल गरेका थिए ।
उक्त छलफलमा संसदीय दलको निर्वाचन अघि विधान संशोधन गरेर अगाडि बढ्ने निर्णय भएको हो ।
पौडेलको निवास बोहराटारमा भएको नेताहरुको छलफलमा संसदीय दल र कार्यसमिति निर्वाचन अघि विधान संशोधन गरेर अगाडि बढ्ने निर्णय भएको बैठकमा सहभागी नेता विमलेन्द्र निधिले जानकारी दिए ।
दुवैपक्षको सहमतिमा आगामी २२ चैतमा संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ । छलफलमा शेरबहादुर देउवा पक्षबाट गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्काको सहभागिता थियो ।
यसअघि निर्वाचन समितिको बैठकले संसदीय दलको नेताको चयन चैत २४ र कार्यसमितिको निर्वाचन चैत २६ गते गर्ने भनिएको थियो ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
