समाचारबुधबार, चैत्र १७, २०७२
द्वन्द्व पीडितको उजुरी ५ बैशाखबाट सङ्कलन गरिने
सत्य निरुपण तथा मेलमिलाप आयोगले ५ बैशाख २०७३ बाट द्वन्द्व पीडितहरूको उजुरी लिने भएको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले ५ बैशाख २०७३ बाट द्वन्द्व पीडितहरूको उजुरी लिने भएको छ । आयोगले जिल्ला शान्ति समितिको सचिवालयमार्फत ६० दिन भित्र उजुरी संकलन गर्ने कार्ययोजना बनेको आयोगका अध्यक्ष सूर्यकिरणले हिमालखबरलाई जानकारी दिए ।
अनुगमन तथा निगरानीका लागि २४ चैत २०७२ भित्र हरेक जिल्लामा पीडित, सञ्चारकर्मी, मानवअधिकारकर्मी र नागरिक अगुवाहरू संलग्न समिति गठन गरिने भएको छ ।
अध्यक्ष गुरुङका अनुसार मेलमिलाप, उद्धार, परिपूरण, क्षतिपूर्ति, उपचार र क्षमादानका लागि १ असोजदेखि निवेदन दिन सकिन्छ । २०७३ पुस भित्र आयोगले विस्तृत छानविन पुरा गरीसक्नेछ ।
छानविनपछि २ माघ २०७३ देखि पीडितहरूलाई परिचयपत्र वितरण गरिएको भएको छ । २ माघमै आयोगले मेलमिलाप, उद्धार, परिपूरण, क्षतिपूर्ति, उपचार र क्षमादानका लागि नेपाल सरकारलाई सिफारिस गर्नेछ ।
आयोगले २६ माघमा २०७३ मा नेपाल सरकारलाई अन्तिम प्रतिवेदन बुझाउने कार्यतालिका तयार भएको छ ।
दशक लामो हिंसात्मक विद्रोहकालमा भएका घटनाको अनुसन्धान गरी कारबाही सिफारिश गर्न २७ पुस २०७१ मा गठित सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएको थियो ।
आयोगका अध्यक्ष सूर्यकिरण गुरुङको हिमालखबरमा प्रकाशित अन्तर्वार्ता पढ्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
