समाचारबुधबार, चैत्र १७, २०७२

एमाले बैकल्पिक पोलिट्ब्यूरो सदस्य यादव पक्राऊ

हिमालखबर

timthumbनेकपा एमालेका बैकल्पिक पोलिट्ब्यूरो सदस्य योगनारायण यादवलाई महानगरी प्रहरी काठमाडौंले पक्राउ गरेको छ ।

धनुषाको सबैलास्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनावमा गोली हानेर रामसेवक राउतको हत्या गरेको अाराेपमा उनलाई पक्राउ गरिएको हो । जनकपुर अञ्चल इन्चार्ज रहेका यादव उक्त हत्यापछि फरार थिए ।

धनुषा–६, का पूर्व सांसद यादवको योजनामा चलाइएको गोली लागेर राउतको मृत्यु भएको अभियोग लगाइएको छ । नवौं महाधिवेशनपछि उनलाई लक्ष्मण पौडेललाई हटाएर अञ्चल इन्चार्जको जिम्मेवारी दिइएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>