अर्थ/बजारबिहीबार, चैत्र १८, २०७२

महिन्द्रा केयुभि–१०० को बुकिङ खुल्यो

हिमालखबर

 महिन्द्रा केयुभि–१०० को बुकिङ खुल्यो

महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इनकर्पाेरेटेडले नयाँ महिन्द्रा केयुभी–१०० गाडीहरुको बुकिङ्ग खुल्ला गरेको छ । उत्कृष्ट डिजाइन, स्टाइलिश र आरामदायी इन्टिरियर तथा सजिलो ह्यान्डलिङ्गका साथै ह्याचब्याक गाडीको मूल्यमा यो गाडी उपलब्ध हुने कम्पनीको दाबी छ ।

पर्ल ह्वाईट, अक्वामेरिन, डाजलिङ सिल्भर, फ्लेमबोयान्ट रेड, फेयरी अरेन्ज तथा डिजाईनर ग्रेका आकर्षक आकर्षक रंगहरू उपलब्ध छन् । खुल्ला स्थान र ६ जनासम्म आरामसँगबस्न मिल्ने यो गाडीमा दुई वर्षको वारेन्टी छ ।

१६ जनवरी २०१६ मा भारतमा सार्वजनिक गरिएको केयुभी–१०० भारतमा २५ हजार भन्दा बढी बिक्री भईसकेको महिन्द्राले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...