समाचारबिहीबार, चैत्र १८, २०७२
राप्रपा नेपालको विस्तारित बैठक शुरु
२ दिनसम्म चल्ने बैठकमा अहिलेको राजनीतिक अवस्था, पार्टीको आगामी कार्यनीति तथा कार्ययोजना, पार्टीको सङ्गठनात्मक अवस्था र वर्तमान सरकारको ६ महीना अवधिको समीक्षालगायत विषयमा रणनीति तर्जुमा गरिने वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीले बताए ।
उनले बैठकमा मधेश आन्दोलन र त्यसप्रति पार्टीले लिएको नीति, उपप्रधानमन्त्रीको हैसियतमा पार्टी अध्यक्ष कमल थापाको छिमेकी मुलुक भारत र चीन भ्रमणको उपलब्धिको समीक्षा हुनेछ ।
यस्तै, पार्टी अध्यक्ष कमल थापाद्वारा पेस गर्ने पार्टीको आगामी कार्यनीतिसहितको राजनीतिक प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुनेछ ।
बैठकमा केन्द्रीय समितिका १६५ जनासहित पार्टीका अगुवा कार्यकर्ता गरी करिब २५० जनाको सहभागिता रहने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
