थप समाचारबिहीबार, चैत्र १८, २०७२
सञ्चार उद्यमी सिंघानिया हत्याका आरोपी पक्राउ
सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा संलग्न आरोपमा पक्राउ परेका चन्द्रदीप यादव, रबिन यादव, कल्याणीदेवी यादव, सुन्देश्वर ठाकुर र रामसुन्दर यादवलाई प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले १६ चैतमा उनीहरुलाई जनकपुर–१, वकिल टोलबाट पक्राउ गरेको हो । मध्यमाञ्चल क्षेत्रका प्रहरी नायब महानिरिक्षक पशुपति उपाध्यायले पक्राउ परेकाहरुको बयानको आधारमा अनुसन्धान अगाडी बढाइने बताए ।
अनुसन्धान गरी हत्याका प्रमुख योजनाकार र अभियुक्तलाई कानुनी दायरामा ल्याउने उनले बताए । पक्राउ परेका सबै जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका कार्यकत्र्ता हुन् ।
सिंघानियाँ हत्यामा संलग्न आरोप लागेका सद्भावना पार्टीका केन्द्रीय सदस्य रामविनोद यादव भने फरार छन् । सिंघानियाँका १७ फाल्गुन २०६६ मा जनकपुरको शिवचौकमा हत्या भएको थियो ।
–ईश्वरचन्द्र झा, जनकपुर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
