समाचारबिहीबार, चैत्र १८, २०७२

याेगनारायण यादवलाई अदालतमा उपस्थित गराउन आदेश

हिमालखबर

हत्या आरोपमा पक्राउ परेका नेकपा एमालेका बैकल्पिक पोलिट्ब्यूरो सदस्य योगनारायण यादवलाई उपस्थित गराउन  अदालतले प्रहरीलाई आदेश दिएको छ । यादवलाई १९ चैत विहान उपस्थित गराउन  आदेश दिईएको हाे ।

Yognarayan (2)धनुषाको सबैलास्थित मदनआश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनावमा गोली प्रहार गरी दुई जनाको हत्याको योजनाकारका रुपमा यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालय नजिकबाट १७ चैतमा यादवलाई हत्याको एक वर्षपछि प्रहरीले पक्राउ गरेको थियो । विद्यालयको चुनावका क्रममा ८ चैत २०७१ मा गोली चल्दा दुई जनाको मृत्यु भएको थियो । हत्यापछि यादव फरार  थिए ।

–ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>