समाचारबिहीबार, चैत्र १८, २०७२
अध्यादेश नल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेको छुः देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अध्यादेश नल्याउन आग्रह गरेको जानकारी दिएका छन् । देउवाले सरकारलाई न्यायाधीश नियुक्तिका लागि अध्यादेश नल्याउन आफूले आग्रह गरेको जानकारी दिएका हुन ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले १८ चैत साँझ सामाजिक सञ्जाल ट्विटमा लेखेका छन्, ‘न्यायाधीश नियुक्तिका लागि अध्यादेश ल्याउन लागेको जानकारी पाए । सो कार्य नगर्न प्रम ओली र एमाओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरिसकेको छु ।’
सरकारले पुनरावेदन अदालतमा न्यायाधीश नियुक्तिका लागि अध्यादेश ल्याउने तयारी गरिरहेका बेला देउवाले यस्तो प्रतिक्रिया जनाएका हुन । अहिले पुनरावेदन अदालतहरूमा ३५ न्यायाधीश पद रिक्त छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
