रमझमशुक्रबार, चैत्र १९, २०७२
काठमाडौंमा बाल नाटकघर बन्ने
शिल्पी नाट्य समूहले बालबालिकाका लागि नाटकघर निर्माण गर्ने भएको छ ।
बत्तीसपुतलीमा बनाइने भनिएको नाटकघरका लागि समूहले अहिले नगद संंकलन गरिरहेको समूहका कलाकार घिमिरे युवराजले बताए । “नक्सा तयार भइसक्यो”, उनी भने, “बैसाख १ मा सिलान्यास गरेर ६ महीनाभित्र रङ्मञ्ज बनाइसक्ने लक्ष्य छ ।”
शिल्पीले नै सञ्चालन गरिरहेको ‘गोठाले नाटकघर’ को आडमै बाल रङ्मञ्च बनाइनेछ । ३० वर्गफिटको हलमा ५० जना दर्शक अट्नेछन् ।
“काठमाडौंमा बालबालिका रमाउने ठाउँहरू खासै नभएकाले रङ्मञ्च बनाउन लागेका हौं”, घिमिरे भन्छन्, “यसले उनीहरूको सिर्जनशीलता र चेतना विकासमा सघाउँनेछ ।”
घिमिरेका अनुसार रङमञ्चमा सकेसम्म बाल–कलाकारहरूकै प्रस्तुति रहनेछ । प्रत्येक सप्ताहमा एउटा नाटक देखाइनेछ भने विद्यालयमा भ्याकेसन भएका बेला इच्छुक बालबालिकालाई नाटक सिकाएर त्यसलाई पनि मञ्चन गरिनेछ ।
लोक कथा, विज्ञान कथा र पाठ्यक्रममा आधारित नाटक देखाउनुका साथै नाटकघरमा बालबालिका लागि कविता, चित्रकला र गीत–संगीतका कार्यशालाहरू पनि आयोजना हुनेछन् । नाटक निर्माणका लागि करिब रु. १५ लाखको लागत अनुमान गरिएको घिमिरे बताउँछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
