समाचारशुक्रबार, चैत्र १९, २०७२

राप्रपा नेपालद्वारा सहअध्यक्ष बिष्टलाई साधरण सदस्य समेत नरहनेगरी कार्बाही

हिमालखबर

ktराप्रपा नेपालले पार्टीका सह–अध्यक्ष केशरबहादुर विष्टलाई ३ वर्षका लागि साधरण सदस्य समेत नरहनेगरी कार्बाही गरेको छ ।

वीरगञ्जमा जारी विस्तारित बैठकले पार्टीहित विपरीत क्रियाकलाप गरेकाले उनलाई कार्बाही गरिएको सहप्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार जिम्मेवारी पूरा नगर्ने, गुटबन्दीमार्फत पार्टी विभाजन गर्न खोज्ने कार्य गरेकाले कार्बाही गरिएको हो ।

पार्टी नेतृत्वसँग असहमति जनाउँदै आएका सह–अध्यक्ष बिष्ट उक्त बैठकमा सहभागी छैनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>