समाचारशुक्रबार, चैत्र १९, २०७२
मलाई किन कार्बाही गरियो अचम्मित छुः बिष्ट
राप्रपा नेपालको वीरगञ्जमा जारी विस्तारित बैठकले ३ वर्षका लागि साधरण सदस्य समेत नरहनेगरी कार्बाही गरेका पार्टी सह–अध्यक्ष केशरबहादुर बिष्टले आफू अचम्मित भएको प्रतिक्रिया दिएका छन् ।
आफूलाई थाहै नदिई बसेको बैठकबाट यस्तो निर्णय आएको उनले बताए । बिष्टले हिमालखबरसँग भने, “अचम्मित भएको छु, जानकारी नै नभएको बैठकबाट कार्बाहीको निर्णय सुने ।”
सँधै एकताबद्ध राप्रपा नेपालको पक्षमा आफू रहेको बिष्टले बताए । “बैठकको औपचारिक निर्णय आएपछि के गर्ने ? भन्ने प्रतिक्रिया दिन्छु”, बिष्टले भने । बिष्टले पार्टी नेतृत्वप्रति केहीदिन अघि सार्वजनिक असन्तुष्टि जनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
