समाचारशनिबार, चैत्र २०, २०७२

‘इन्धन आपूर्तिमा असहजता सरकारलाई सह्य छैन’

हिमालखबर

PM Kp Oli

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

नेपाल महिला सङ्घ, नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घले २० चैतमा कालोबजारी र भ्रष्टाचार नियन्त्रण तथा भूकम्पको पुनःनिर्माण तत्काल गर्नुपर्ने लगायत माग राख्दै बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले कालोबजारी र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले सरोकार भएकाहरुसँग छलफलमा जुटेको स्पष्ट पारे । उनले भने, “सरल विधिबाट सरकार अहिलेको समस्याको समाधानमा लागेको छ नेपाली जनताको भावना विपरीत सरकारले कुनै काम गर्ने छैन ।”

प्रधानमन्त्री ओलीले सरकारले जति तीव्रताका साथ काम गर्नुपर्ने हो त्यो गर्न नसकेको स्विकार्दै वर्तमान समस्याको समाधानका लागि सरकार सक्रिय भएर लाग्ने विश्वास दिलाए । प्रधानमन्त्री ओलीले नाकाबन्दी नरहेका बेला पनि इन्धन र ग्यासको आपूर्ति असहज हुने कुरा सरकारलाई सह्य नभएको स्पष्ट पारे ।

सरकारले तस्करीलाई प्रश्रय दिन कानुन परिवर्तन गर्यो भन्ने कुरा गलत भएको बताउँदै प्रधानमन्त्री ओलीले कुनै पनि कानुन परिवर्तन र अध्यादेश जारी गर्दा प्रतिपक्षी दलसँग छलफल गरेर अगाडि बढ्ने बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अध्यक्षमा प्रधानमन्त्री र उपाध्यक्षमा प्रतिपक्षी दलको नेता हुने हुँदा पुनःनिर्माणमा सबैको छलफल अनिवार्य रहेको बताए । “राजनीतिक निर्णय गर्दा सरसल्लाहकै आधारमा सरकार अगाडि बढ्छ” प्रधानमन्त्रीले भने ।

पुनःनिर्माणको काम चुनौतीपूर्ण भए पनि त्यसलाई सम्पन्न गर्ने जिम्मेवारीबाट सरकार नभाग्ने स्पष्ट पार्दै वर्षायाम अगावै भूकम्पपीडितलाई सुरक्षित आवासका लागि सरकार प्रयासरत रहेको पनि प्रधानमन्त्री उल्लेख गरे ।

महिला सङ्घका अध्यक्ष डा डिला सङ्ग्रौला, तरुण दलका अध्यक्ष उदयशम्शेर राणा र नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले पुनःनिर्माणलाई तीव्रता दिन तथा कालोबजारी र भ्रष्टाचारलाई यथाशीघ्र रोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>