समाचारशनिबार, चैत्र २०, २०७२

ईयू–भारत संयुक्त विज्ञप्ती उचितः तमलोपा

हिमालखबर

Tamalopaतराई मधेश लोकतान्त्रिक पार्टीले नेपाल प्रसंग उल्लेख गर्दै यूरोपियन यूनियन र भारतले जारी गरेको संयुक्त विज्ञप्ती उचित भएको ठहर गरेको छ ।

२० चैतमा सप्तरीको राजविराजमा सम्पन्न केन्द्रीय समिति बैठकले सरकारले आन्दोलनरत दलसँग जनाएको प्रतिबद्धता पूरा नगरेका कारण अन्तर्राष्ट्रिय समुदायले विज्ञप्तीमार्फत सम्झाउनुपरेको भन्दै त्यसलाई उचित ठह¥याएको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महन्थ ठाकुरले सीमांकन विवाद मिलाउने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने, समावेशी समानुपातिक प्रणाली लागू गर्ने, नागकिताको विवाद मिलाउने जस्ता सरकारले गरिसकेका निर्णय लागू गर्न माग गरे । “संयुक्त वक्तव्य निकालेर इयू र भारतले त्यही सरकारी निर्णय सम्झाएका हुन्”, उनले भने ।

ठाकुरले उच्चस्तरीय राजनीतिक संयत्र बनाएर विवादित विषय मिलाउने भनी मधेशकेन्द्रीत दल र अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिवद्धता पूरा नगरेकाले त्यस्तो विज्ञप्ती आएको बताए ।

संयुक्त बिज्ञप्तीले ‘नेपालको संविधानलाई अन्तर्राष्ट्रिय मूल्य मान्यता र समावेशिताको सिद्धान्त अनुरुप निश्चित समय सीमाभित्र बहुसंख्यक जनताले विभेदको बिरुद्ध गरेको न्यायपूर्ण अधिकार आन्दोलनलाई कदर गरेको’ तमलोपाले ठहर गरेको छ ।

बैठकले मोर्चाका ११ बुँदे माग सम्बोधन नभएसम्म कुनै निर्वाचनको औचित्य र सम्भावना नभएको भन्दै सरकारले निर्वाचत घोषणा गरे पनि हुन नदिने निर्णय गरेको अध्यक्ष ठाकुरले बताए ।

श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>