अर्थ/बजारशनिबार, चैत्र २०, २०७२
लक्ष्मी ब्याङ्कको ‘न्यून लागत आवास कर्जा’
लक्ष्मी ब्याङ्कले विराटनगर र कोहलपुरमा न्यून लागतका घर निर्माण परियोजना सञ्चालन गर्ने भएको छ । ब्याङ्कले विराटनगरमा १२० र कोहलपुरमा १५० घर निर्माण गर्न लागेको हो ।
दुई स्थानमा न्यून लागत आवास कर्जा कार्यक्रम सञ्चालन गर्नका लागि सेवा प्रा.लि. र लक्ष्मी बैंकबीच १९ चैत्रमा छुट्टा–छुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको हो । जसअन्तर्गत ब्याङ्कले प्रति व्यक्ति अधिकतम चार लाख रुपैयाँसम्मको कर्जा वार्षिक ७.५ प्रतिशतमा सुलभ व्याजदरमा उपलब्ध गराउने भएको छ ।
२०१३ देखि नै न्यून लागत आवास कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको ब्याङ्कले तानसेन र पोखरामा न्यूनआय भएका घर–परिवार लक्षित ‘न्यून लागत आवास कर्जा’ प्रदान गरेर ३५० भन्दा बढी घरहरु निर्माण भैसकेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>