समाचारशनिबार, चैत्र २०, २०७२

हिन्दू धर्मको अजेण्डा छोड्दैनौंः कमल थापा

हिमालखबर

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सनातन हिन्दू धर्म र नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग राप्रपा नेपालले छाड्न नसक्ने बताएका छन् ।

वीरगञ्जमा आयोजित हिन्दूत्व जागरण बृहत् जनसभालाई सम्बोधन गर्दै उनले नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउनका लागि आफ्नो पार्टीले सडक र सदन दुवैलाई सदुपयोग गर्ने नीति लिएको बताए ।

अध्यक्ष थापाले अत्यन्तै लोकतान्त्रिक विधि र प्रक्रियाबाट दुई तिहाइ बहुमतका आधारमा संविधान जारी गरेपछि आफ्नो पार्टीले उक्त संविधानलाई आलोचनात्मक समर्थन गरेको बताए ।

उनले भने, “लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधान जारी भएपछि त्यसलाई मान्दैनौँ भन्नु मूर्खता र गैरलोकतान्त्रिक चरित्र प्रदर्शन हो ।” रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>