समाचारआइतबार, चैत्र २१, २०७२

एसएलसी परीक्षाका बेला जन्मिइन् परीक्षा

हिमालखबर

जाजरकोटको सरस्वती उमावि केन्द्रबाट एसएलसी परीक्षामा सहभागी एक छात्राले परीक्षा दिंदै गर्दा छोरी जन्माएकी छन् । परीक्षाका बेला जन्मिएकी छोरीको नाम पनि परीक्षा राखिएको छ ।

२१ चैतमा अनिवार्य गणितको परीक्षा दिंदादिंदै परीक्षार्थी गीता बुढालाई ब्यथा लागेपछि केन्द्रकै शिक्षिकाहरुले उनलाई सुरक्षित स्थानमा लगेर स्याहार गरेको केन्द्राध्यक्ष शत्रुधनप्रसाद चौधरीले जानकारी दिए ।

भर्खरैकी सुत्केरी गीताले परीक्षा दिन भने छोडिनन् । बच्चा जन्माएको केही बेरमै उनले सोही विद्यालयकी कक्षा ९ की छात्रा कमला रेग्मीको सहयोगले परीक्षा दिएको केन्द्राध्यक्ष चौधरीले बताए ।

अहिले आमा र छोरीको अवस्था सामान्य रहेको छ ।

जाजरकोटमा एसएलसी दिनुअघि नै अघिकांश छात्राको विवाह भइसकेको हुन्छ । १८ बर्ष मुनिका ६० प्रतिशत किशोरीले विवाह गर्ने गरेको महिला तथा बालबालिका कार्यालयको तथ्यांकमा उल्लेख छ ।
राजेन्द्र कार्की, जाजरकोट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>