थप समाचारआइतबार, चैत्र २१, २०७२
उदयपुर सिमेन्ट उद्योग बन्द
सिमेन्ट उत्पादन गर्ने मेसिन बिग्रेपछि उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग विगत १५ दिनदेखि बन्द छ ।
मेसिनका उपकरण जापानबाट आपूर्ति हुन कठिनाइ हुँदा सिमेन्ट उत्पादन कार्य पूर्ण रुपमा बन्द हुन पुगेको उद्योगका प्रबन्धक सुरेन्द्र पौडेलले बताए । उद्योगका लागि धेरै सामान जापानको कावासाकी कम्पनीले उपलब्ध गराउँदै आएकोमा स-साना सामान पठाइरहन कम्पनी तयार नहुँदा कठिनाइ हुने गरेको उनले जानकारी दिए ।
“भारतीय कम्पनीबाट ल्याइने सामानको ग्यारेन्टी नहुँदा जापानबाट मगाउनुपर्ने बाध्यता छ” पौडेलले भने। उद्योगको उपकरण फेर्न करिब रु चार करोड लागत लाग्ने र उद्योग बन्द हुँदा अहिले दैनिक रु एक करोड घाटा हुने गरेको पनि उनले जानकारी दिए ।
दैनिक ८०० टन सिमेन्ट उत्पादन क्षमता रहेको उदयपुर सिमेन्ट उद्योग यसअघि पनि पटक–पटक बन्द हुने गरेको थियो ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>