Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालमै घोडा र सर्पबाट औषधी उत्पादनको तयारी ! - Himalkhabar.com

समाचारआइतबार, चैत्र २१, २०७२

नेपालमै घोडा र सर्पबाट औषधी उत्पादनको तयारी !

हिमालखबर

नेपालमै घोडा र सर्पबाट औषधी उत्पादनको तयारी !
सर्पदंशमा प्रयोग हुने ‘एन्टी स्नेक भेनम’ नेपालमै उत्पादन गर्ने तयारी भईरहेको छ । भारत अदालतले सन् २०१२ मा ‘एन्टी स्नेक भेनम’ निर्यात नगर्न आदेश दिएपछि नेपालले आफै औषधी उत्पादन गर्न लागेको हो । ११ पुसमा भारतको भायन्स् बायो प्रडक्ट लिमिटेडले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेर औषधी उत्पादन सहयोग गर्ने बचन समेत दिएको थियो ।

औषधी उत्पादन सम्बन्धी अध्ययनका लागि सरकारले स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ । समितिले गएको १७ माघमा एन्टी–स्नेक भेनम नेपालमै उत्पादन गर्न उपयुक्त हुने सुझाव दियो । संयोजक श्रेष्ठ औषधि उत्पादनका लागि नेपालमा पाइने सर्पका विषयमा अध्ययन भइरहेको बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. बाबुराम मरासिनी कोब्रा, क्रेट, भाइपर जातका सर्प र घोडा आवश्यक पर्ने बताउँछन् । उनका अनुसार घोडालाई तीन जातका सर्पबाट निकालेको विष दिएपछि एन्टीबोडि(रगत) निकाल्छ र, त्यसैलाई औषधि बनाउन उपयोग गरिन्छ ।

वन तथा भू–सरंक्षण मन्त्रालयले मुलुक भित्र यस्तो औषधी उत्पादनका लागि वन्यजन्तु तथा पंक्षीको शिकार गर्न र पक्रन अनुमति दिइसकेको छ । चालु आर्थिक वर्षको बजेट पनि एन्टी स्नेक भेनम उत्पादनका लागि प्राविधिक र कानुनीमा विषयबारे अध्ययन शुरु गरिने लक्ष्य राखिएको थियो ।
औषधि व्यवस्था विभागका महा–निर्देशक बालकृष्ण खकुरेल मुलुकमा एन्टी स्नेक भेनम कसले गर्ने भन्ने छलफल भईरहेको र नेपाली सेनाले चासो देखाएको जानकारी दिए ।

औषधि उत्पादन गर्न कम्तिमा २० बिघा जमिन चाहिने र जग्गा बाहेक कम्तिमा एक अर्ब रकम लगानी लाग्ने अनुमान गरिएको छ । भारतबाट प्रति भायल आठ सय ६० का दरमा वर्षिक ३५ देखि ४० हजार भायल एन्टी स्नेक भेनम मुलुक भित्र आयात हुँदै आएको छ ।
रामु सापकोटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>