खेलकुदआइतबार, चैत्र २१, २०७२
इङ्ग्ल्याण्डद्वारा १५६ रनको चुनौती, वेस्ट इन्डिजको जवाफी ब्याटीङ
टि–२० विश्व कपको फाइनलमा इङ्ग्ल्याण्डले वेस्ट इन्डिजलाई १५६ रनको चुनौति पेश गरेको छ । कलकत्ताकाे इडन गार्डेनमा २१ चैतमा भएको खेलमा टस हारेर ब्याटीङको निम्तो पाएको इङ्ग्ल्याण्डले ९ विकेटको क्षतिमा पुरै ओभर खेलेर १५५ रन जोडेको हो ।
इङ्ग्याल्ण्डका लागि जोय रुटले सर्वाधिक ५४, जोस बटलरले ३६, डेभिड विल्लीले २१, बेन स्टोकले १३, क्रिश जोर्डनले अविजित १२ रनको योगदान दिए ।
डिजे ब्रेभो र कार्लोसले तीन–तीन विकेट लिए । दुई विकेट लिएका साम्युल बद्रीले एक मेडन राखे । एडी रसेलले एक विकेट झारे ।
सेमिफाइलनमा इङ्ग्याण्डले न्यूजल्याण्ड र वेस्ट इण्डिजले भारतलाई पराजित गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>