खेलकुदआइतबार, चैत्र २१, २०७२

वेस्ट इण्डिजलाई टि–२० विश्वकपको उपाधि

सन्त गाहा मगर

239333
आईसिसि टि–२० विश्वकप २०१६ को उपाधि वेस्ट इण्डिजले जितेको छ । इङ्ग्ल्याण्डलाई चार विकेटले पराजित गर्दै उसले उपाधि चुमेको हो । मार्लोन स्याम्युल्सले सर्वाधिक ८५ रन बनाएर उपाधि जिताएका हुन ।

भारतको कलकत्तामा २१ चैत राति भएको फाइनलमा वेस्ट इण्डिजका लागि मार्लोन स्याम्युल्सले सर्वाधिक ८५ रन बनाए । १० बलमा ३४ रन बनाएका कार्लोसले अन्तिम ओभरको चार बलमा लगातार छक्का प्रहार गरे ।

इङ्ग्ल्याण्डले दिएको १५६ रनको चुनौति वेस्ट इण्डिजले दुई बल बाँकी छँदै पुरा गरेको हो । वेस्ट इण्डिज दोस्रो पटक टि–२० च्याम्पियन बनेको हो । सन् २०१२ मा श्रीलंकामा आयोजकले पराजित गर्दै उसले पहिलो पटक उपाधि जितेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...