थप समाचारसोमबार, चैत्र २२, २०७२

महावाणिज्यदूत वसन्त चौधरी विभूषित

हिमालखबर

नेपालका लागि मोरोक्कोका अवैतनिक महावाणिज्यदूत वसन्तकुमार चौधरी मोरोक्को अधिराज्यको प्रतिष्ठित पदक ‘अलाविटी अफिसर विसाम’ द्वारा विभूषित भएका छन् ।

तस्वीर: रासस

तस्वीर: रासस

आज, २१ चैत साँझ काठमाडौंमा आयोजित एक विशेष समारोहमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले चौधरीलाई उक्त विभूषणबाट विभूषित भएको प्रमाणपत्र प्रदान गरे भने नेपालका लागि मोरोक्कोका राजदूत लार्वी रिफोकोले उक्त विभूषण प्रदान गरे ।

समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले नेपाल र मोरोक्कोबीच विद्यमान सुमधुर दौत्य सम्बन्धमा थप प्रगाढता बढाउन महावाणिज्यदूत चौधरीले गरेको योगदानको सराहना गरे ।

उपप्रधानमन्त्री थापाले भूकम्पका बेला आपत्कालीन सहयोगस्वरुप नेपाल सरकारलाई मोरोक्कोले एक लाख अमेरिकी डलर उपलब्ध गराएकामा मोरोक्को सरकार र महावाणिज्यदूत चौधरीप्रति आभार व्यक्त गरे ।

राजदूत लार्वीले मोरोक्को र नेपालबीचको सम्बन्धलाई जनस्तरमा समेत सुदृढ तुल्याउन महावाणिज्यदूत चौधरीले गरेको योगदानको कदरस्वरुप मोरोक्कोका राजा मोहम्मद छैटौँले उक्त विभूषण प्रदान गरेको जानकारी दिए ।

महावाणिज्यदूत चौधरीले नेपाल र मोरोक्कोबीचको व्यापारिक एवम् औद्योगिक सम्बन्ध विस्तारमा आफू निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>