Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालमा दैनिक ४० वटा भूकम्प - Himalkhabar.com

थप समाचारसोमबार, चैत्र २२, २०७२

नेपालमा दैनिक ४० वटा भूकम्प

हिमालखबर

गत वैशाख १२ मा गएको गोरखा भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूडभन्दा माथिका ४४५ परकम्प गएका छन् । तर ४ भन्दा मुनिका परकम्प दैनिक ४० वटासम्म गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यसो त १२ वैशाखको भूकम्पअघि पनि नेपालमा दिनहुँ ४ रिक्टर मुनिका १२ देखि १५ वटा भूकम्प गइरहेका हुन्थे । यद्यपि तिनको रेकर्ड राखिन्नथ्यो ।

ठूलो भूकम्पपछि परकम्प आउनेक्रम जारी रहेको र अहिले पनि दैनिक ३० देखि ४० वटासम्म भूकम्प गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

“वैशाख १२ को भूकम्पपछि हालसम्म गइरहेका परकम्प भनिए पनि भूकम्प नै हो,” उनले भने ।

गोरखा भूकम्पपछि शुरुको एक महिनासम्म दिनमै ४ म्याग्निच्यूडभन्दा मुनिका एक हजार ३०० सम्म भूकम्प (परकम्प) गएका थिए भने लामो समयसम्म दैनिक ५०० वटा भूकम्प गएका थिए ।

पछिल्लो समय परकम्प कम हुँदै गएको छ । ठूलो भूकम्प गएपछिको अवस्थामा लामो समयसम्म परकम्प नगएमा ठूलो भूकम्प जाने खतरा भएकाले परकम्प समय समयमा गएकै राम्रो हुने विज्ञहरु बताउँछन् ।

केन्द्रको विवरणअनुसार १२ वैशाखको भूकम्पअघिका वर्षहरुमा ४ म्याग्निच्यूडभन्दा माथिका वार्षिक २५ देखि ६० वटा भूकम्प गएका थिए ।

यसैबीच आज बिहान ९ बजेर ४० मिनेट जाँदा बाजुरा केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>