समाचारसोमबार, चैत्र २२, २०७२

कांग्रेस संसदीय दल बैठकः विधान संशोधन पारित

हिमालखबर

नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको आज नयाँ बानेश्वरमा बसेको बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

संशोधनबाट २४ सदस्यीय कार्यसमितिलाई ३६ सदस्यीय बनाइएको छ ।

कार्यसमितिमा संसदीय दलको नेता-१, खुला तथा समावेशी तर्फबाट निर्वाचित-१५, प्रदेशबाट निर्वाचित -७, मनोनित-९ (३ महिला), पार्टीका महामन्त्री-२, प्रमुख सचेतक-१ र सचेतक-१ रहने व्यवस्था संशोधनबाट गरिएको छ ।

बैठकमा प्रमुख सचेतक चीनकाजी श्रेष्ठले पेश गरेको संशोधन प्रस्ताव परिमार्जनसहित सर्वसम्मतिले पारित गरिएको हो ।

त्यसैगरी दलको विधानमा अन्तरिम संविधान, २०६३ को सट्टा संविधान, संविधानसभाको सट्टा व्यवस्थापिका–संसद्, विकास क्षेत्रको सट्टा प्रदेशलगायत शब्द परिमार्जन गरिएको छ ।

संसदीय दल कार्यसमितिले गरेको विधान संशोधन आजै बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरिसकेको छ । कपिल भट्ट, काठमाडौं
————————————————————————————————–

कांग्रेस संसदीय दलको विधान संशोधनबारे छलफल

हिमालखबर  

congress_flagव्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले संसदीय दलको विधान संशोधन गर्न छलफल सुरु गरेको छ ।

संसदीय दलको नयाँ निर्वाचन गर्न पार्टीले नयाँ राजनीतिक परिवेशअनुसार विधान संशोधन गर्न २२ चैतमा संसदीय दलको बैठकमा सो सम्बन्धमा छलफल सुरु गरेको हो ।

दलको विधानमा खासगरी अन्तरिम संविधान, २०६३ को सट्टा संविधान, संविधानसभाको सट्टा व्यवस्थापिका–संसद्, विकास क्षेत्रको सट्टा प्रदेशलगायत शब्द परिमार्जन गरिने नेता नवीन्द्रराज जोशीले जानकारी दिए ।

त्यस्तै दलको विधानमा नेपालको संविधानको अङ्गीकार गरेको समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम महिला, दलित, आदिवासी÷जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट उम्मेदवार हुने गरी सम्पूर्ण सदस्यबाट मतदान भई निर्वाचित जम्मा १५ जनाको व्यवस्था गर्ने नेता जोशीले बताए ।

काँग्रेसले संसदीय दलको नेताको निर्वाचन यही चैत २४ गते र दलको २६ गते निर्वाचन गर्न मिति निर्धारण गरेको छ । दलको बैठकले आजै विधान संशोधनको प्रस्ताव पारित गरी स्वीकृतिका लागि आजै बस्ने केन्द्रीय समितिको बैठकमा पठाउने बताइएको छ ।

काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>