थप समाचारसोमबार, चैत्र २२, २०७२
रबिका ब्यवसायीको हत्या ऋण लिएका साथीबाट

अभियुक्त मिनबहादुर विश्वकर्मा
ब्यापार व्यवसाय सञ्चालन गर्न साथीलाई दिएको पैसाकै कारण पाँचथरका व्यवसायी दिनेश रेग्मीले ज्यान गुमाउनु परेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ ।
झापा लखनपुर– १ घर भई पाँचथरको रबि बजारमा सुन पसल गर्ने मिनबहादुर विश्वकर्माले १ चैतमा आफ्नै साथी रेग्मीको हत्या गरेको प्रमाणसँगै अभियुक्तलाई प्रहरीले सार्वजनिक गरिसकेको छ ।
विश्वकर्माले रेग्मीबाट सुन कारोबार गर्नका लागि करिब रु ५० लाख रुपैयाँ ऋण लिएको र त्यो तिर्न नसक्दा रेग्मीकै हत्या गरेको प्रहरीले जनाएको छ ।
इलामको फुयतपा– ५ घर भइ रबि बजारमा फोनको रिजार्ज कार्ड र डिस होमको कारोबार गर्दै आएका रेग्मी र रबिमै सुन पसल गरेका विश्वकर्माबीच रहँदाबस्दा मित्रता झांगिएको थियो ।
ब्यवसायका लागि भन्दै केही समयका लागि विश्वकर्माले रेग्मीसँग रु ५० लाख ऋण लिए, नजिकको साथीले मागेको भन्दै विश्वासमा परेर रेग्मीले पनि ऋण सजिलै दिए । तर, विश्वकर्माको ब्यापार फस्टाउन सकेन उनी ऋण तिर्न नसक्ने अवस्थामा पुगे ।
साथीलाई ऋण तिर्न नसकेपछि उसको हत्या गरे कहिल्यै तिर्नु नपर्ने विचार आएपछि अन्य दुई व्यक्तिको सहयोगमा रेग्मीको हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन् ।
पाँचथरका प्रहरी प्रमूख कृष्णप्रसाद कोइरालाका अनुसार सप्तमी बजारमा विग्रेको डिस होम मर्मतका लागि भन्दै झुठो फोन गरेर बोलाई बाटोमा पर्ने राउते जंगलमा १ चैतमा रेग्मीको हत्या भएको थियो ।

दिनेश रेग्मी जसको हत्या आफ्नै साथीले गरे ।
कोइरालाका अनुसार रेग्मीको हत्यामा संलग्न रहेका थप २ जना ब्यक्तिहरु फरार छन । अनुसन्धानमा प्रभाव पर्ने भएकाले उनीहरुको नाम पनि गोप्य राखिएको छ ।
हत्याको आशंकामा प्रहरीले विश्कर्मालाई १८ चैतमा काठमाडौंबाट पक्राउ गरेको थियो ।
घर ब्यबहार लगायत बिबिध कारणले व्यवसाय चलाउन गाह्रो परिरहेकोले ऋणबाट मुक्त हुनका लागि साथीसंग सल्लाह गरी रेग्मीको हत्या गरेको अभियुक्त बिश्वकर्माले स्वीकारेका छन् ।
लक्ष्मी गौतम, पाँचथर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
