Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जाजरकोटमा झाडापखालाको प्रकोप, एसएलसीका विद्यार्थीलाई सास्ती (अपडेट) - Himalkhabar.com

समाचारसोमबार, चैत्र २२, २०७२

जाजरकोटमा झाडापखालाको प्रकोप, एसएलसीका विद्यार्थीलाई सास्ती (अपडेट)

हिमालखबर

jajarkotपश्चिम जाजरकोटको दसेरामा झाडापखालाको प्रकोप फैलिएको छ ।

जनप्रिय उच्च मावि दसेरा एसएलसी परीक्षा केन्द्रका एक निरीक्षक सहित परीक्षा दिईरहेका १८ जना विद्यार्थी र ४२ भन्दा बढी स्थानीयमा झाडापखाला देखिएको हो ।

पखालाबाट लक्ष्मी मावि अन्दरकोटका शिक्षक अम्मर बिसी सहित १८ जना परीक्षार्थी बिरामी परेको केन्द्राध्यक्ष शेरबहादुर अधिकारीले बताए ।
सोमवार अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा विद्यार्थीलाई पखाला लागेपछि परीक्षाकेन्द्रमै स्वाथ्यकर्मी बोलाएर उपचार गरिएको उनले बताए ।

विद्यार्थीले उपचार गर्दै परीक्षा दिइरहेका छन् । शौचालय जाँदै जीवनजल पिउदै परीक्षा दिने गरेको बाल उच्च मावि झाप्राका छात्र भीमबहादुर थापाले टेलिफोनमा बताए ।

उनले विरामी भएका कारण राम्रोसँग लेख्न नसकेको बताए । बिरामी परेका अधिकांश विद्यार्थीको हालत त्यस्तै छ ।

रामोदय मावि जेवा दशेराका ३, लक्ष्मी मावि अन्दरकोटका ३, बाल उच्च मावि झाप्राका ९ र सरस्वती मावि सीमाका ३ गरी १८ जना विद्यार्थी पखालाले थला परेको केन्द्राध्यक्ष अधिकारीले बताए ।

५ ओटा विद्यालयबाट परीक्षा दिन आएका ५२१ जना विद्यार्थी र निरीक्षकहरु समेत दशेर विद्यालय नजिकै बस्छन् । त्यती धेरै संख्यामा मानिसहरु भेला भएको ठाउँमा शौचालयको उचित व्यवस्था छैन । न त खाने पानी नै स्वस्थ्यकर छ ।

दशेरामा सरसफाईमा ध्यान नदिदा झाडापखाला फैलिएको स्थानीय बताउँछन् ।

परीक्षा दिंदै गरेका विद्यार्थीहरु पखलाले सताएपछि ५ पटकसम्म कक्षाबाट बाहिरिनु परेको भन्दै उनले परीक्षा केन्द्र र त्यसवरपर खानेपानीको ठूलोसमस्या भएको बताए ।

“विद्यार्थीलाई नआत्तिन र पानी उमालेर खान सल्लाह दिएका छौं,” उनले भने ।

आइतवार स्थानीय तथा विद्यार्थी गरी २२ जना र सोमवार थप ३९ जना पखालाका विरामीको उपचार गरिएको दसेरा स्वास्थ्य चौकीका ईन्चार्ज स्वास्थ्य सहायक नविना कडेलले जानकारी दिइन ।

विरामी ३९ मध्ये ९ जना बालबालिका छन् ।

त्यस्तै भाइरल ज्वरोका विरामी ३० जनाले उपचार गराएको उनले बताईन् । “विरामीमा अपच, झाडावान्ता र भाइरल ज्वरो देखा परेको छ,” उनले भनिन् ।

जाजरकोटमा झाडा पखालादेखि स्वाइनफ्लू सम्मको महामारी बेलाबेला फैलिरहन्छ ।

गत वर्ष एसएलसी परीक्षा केन्द्र टालेगाँउबाट फैलिएको स्वाईनफ्लुले महामारीको रुप लिँदा २७ जनाको ज्यान गएको थियो ।

२०६६ सालमा फैलिएको झाडापखालाले महामारीको रुप लिदा २ सय बढी जाजरकोटवासीको ज्यान गएको थियो भने महामारी मध्य तथा सुदुर पश्चिमाञ्चलसम्म फैलिएको थियो ।
राजेन्द्र कार्की, जाजरकोट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>