समाचारसोमबार, चैत्र २२, २०७२

निरौलाले तीन करोड धरौटी बुझाए

हिमालखबर

niraulaभ्रष्टाचारको मुद्दा खेपिरहेका नेपाल पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुभास निरौलालाई विशेष अदालतले रू. तीन करोड धरौटी मागेको छ ।

न्यायाधीशद्वय भुपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको २२ चैतको इजलासले थुनछेक आदेश गर्दै मागेको धरौटी बुझाएर निरौला तारेखमा छुटेको विशेष अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निरौला बोर्डमा छँदा रु. एक अर्ब भ्रष्टाचार गरेको अभियोग लगाउँदै मुद्दा दायर गरेको थियो ।

तोकिएको दिन अदालतमा बयान दिन नगएका निरौला  २२ चैतमा मात्रै अदालतमा उपस्थित भएका हुन्  ।

अख्तियारले उनीसहित २३ कर्मचारी विरुद्ध मुद्दा दायर गरेकोमा उनी मात्रै बयान दिन बाँकी थिए ।

आफैं निवेदन दिएर २२ चैतमै हाजिर भएका उनलाई अदालतले आजै बयान लिएर थुनछेक आदेश गरेको हो । निरौलाले अदालतले मागेको धरौटीबापत सिद्धार्थ बैंकको ग्यारेण्टी पेश गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>